दफा ५९
भन्सार एजेन्टलाई सजाय हुने
(१) दफा ५७ को उपदफा (५), (६), (७), (८) र (९) बमोजिमको कार्य गर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले ०पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।

(२) भन्सार एजेन्टलाई उपदफा (१) बमोजिम सजाय गरिएको कारणले मात्र यस दफा बमोजिम मालवस्तुको धनीलाई हुने दण्ड सजाय वा जरिबानाबाट उन्मुक्ति भएको मानिने छैन ।